• Tuesday 6th of October 2026

विश्वकपमा शिर्ष टिम भारत र दक्षिण अफ्रिकाबीच आज भिडन्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज शिर्ष स्थानमा रहेको भारत र दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाबीच भिडन्त हुदैछ । कोलकोताको इडेन गार्डेन क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ ।

जारी क्रिकेट विश्वकपमा भारत अपराजित रहदै ७ खेलमा १४ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रीकाले एक खेल नेदरल्याण्डससँग हारेको थियो ।
अहिलेसम्मका यस विश्वकपमा सबैभन्दा बढी सफल टिमबीचको यो भिडन्त रोचक हुने देखिएको छ ।

एकदिवसीय क्रिकेटमा भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ९० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५० खेल जितेको छ भने भारतले ३७ खेल जितेको छ । त्यसैगरी ३ खेलमा कुनै नतिजा आएको थिएन ।
भारतले यस विश्वकपमा आफ्ना अलराउण्डर हार्दिक पाण्डेयलाई गुमाएको छ । बंगलादेशविरुद्धको खेलमा घाइते भएका हार्दिक विश्वकपबाट बाहिरिएका छन् । भारतले उनको ठाउमा तिब्र गतिका बलर प्रसिद्ध कृष्णलाई समावेश गरेको छ ।

दक्षिण अफ्रिका भने यस विश्वकपमा राम्रो फर्ममा देखिएको छ । नेदरल्याण्डसको खेल बाहेक दक्षिण अफ्रिकाले शानदार क्रिकेट खेलिरहेको छ ।

भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११ : टेम्बा बाभुमा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), हेनरिक क्लासेन, रस्सी भान डेर दुस्सेन, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, कागिसो रबाडा, केशब महाराज, गेराल्ड कोएत्जी र मार्को जेन्सेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖