• Sunday 4th of October 2026

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा


  • धनकुटा खबर
  • .

काठमाडौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले साइवर ब्युरोमा उजुरी दर्ता गराएका छन्।

उनको निजी सचिवालयलका अनुसार अध्यक्ष यादवको नामले अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

अध्यक्ष यादवको आधिकारिक फेसबुक पेज नियमित सञ्चालनमा रहेकोमा बुधवार बिहान उनको नाम, थर, फोटोसहितको नयाँ फेसबुकबाट अज्ञात समुहले सामाजिक सञ्जालमा अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर बद्नाम र चरित्र हत्या गर्न खोजेपछि उक्त फेसबुको युआरएलसहित दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दिएको निजी सचिवालयले जनाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖