• Friday 9th of October 2026

एमालेले भूकम्प प्रभावित क्षेत्रका लागि एक करोड सहयोग गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि एक करोड रुपियाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरेको छ।

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको छ।

ती दुवै जिल्लामा पीडितहरूको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले पार्टी पंक्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न पार्टीले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको बताए।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिलाई विपद् प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका थिए। विपदको यस घडीमा पीडित र प्रभावितको उद्धार र राहतका लागि सरकारलाई साथ दिने उनको भनाइ थियो। साथै उनले सबै सामाजिक संघसंस्थासँग पनि सरकारलाई यथोचित सहयोग गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖