• Friday 9th of October 2026

दुर्गा प्रसाईं आज प्रहरी कार्यालयमा उपस्थित हुने


  • धनकुटा खबर
  • .

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार प्रहरी कार्यालयमा उपस्थित हुने भएका छन्।

जथाभावी नबोल्न पटक-पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गर्दै आएका प्रसाईंलाई प्रहरी महानिरिक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन भनेका हुन्।

उनीविरुद्ध कुनै औपचारिक उजुरीका आधारमा भन्दा पनि सम्झाइ बुझाइ गर्नका लागि अनौपचारिक रूपमा उपस्थित हुन भनिएको प्रहरी स्रोतले बतायो।

बैंकको ऋण नतिर्ने बरु उल्टै प्रतिरोध दस्ता खडा गरेर बैंकका कर्मचारीमाथि जाइलाग्ने जस्तो गैरकानुनी सार्वजनिक अभिव्यक्ति र क्रियाकलाप गरेपछि उनलाई प्रक्राउ गर्नुपर्ने दबाब भए प्रहरीले नियन्त्रणमा लिएको छैन।

ऋण नतिर्ने अभियानसँगै एमाले छाडेर राजसंस्था पुनःस्थापनको अभियानमा पनि प्रसाईंले थालेका छन्। उनका गतिविधिलाई नियन्त्रण गर्ने विषयमा शीर्ष राजनीतिक तहका कुराकानी हुँदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖