• Tuesday 6th of October 2026

दर्शकलाई क्यानको अफर : कीर्तिपुरमा एक हातले बल क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ


  • धनकुटा खबर
  • .

काठमाडौं । टी २० विश्वकप छनोटअन्तर्गत आइतबार नेपाल र ओमन उपाधिका लागि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भिड्दैछन्। केहीबेरमा नै कीर्तिपुरमा खेल सुरु हुँदैछ।

आज हुने खेलमा एकहातले बल क्याच गरे २० हजार रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानले सो क्याच ‘क्लिन’ हुनुपर्नेसमेत जनाएको छ।

विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई र ओमनले बहराइनलाई हराएर दुवै टोलीले विश्वकपमा स्थान पक्का गरिसेका छन्। आज दुवै टोली च्याम्पियन बन्ने होडमा हुनेछन्।

यी दुई टोली समूह चरणमा पनि एकसाथ थिए। समूह ‘ए’ मा ओमन, नेपाल, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गरेका थिए। जसमा ओमन विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए।

खेलअघि कीर्तिपुरमा दर्शकको उपस्थिति बाक्लो छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖