• Friday 9th of October 2026

भूकम्प पीडितलाई भाटभटेनी सुपरमार्केटको एक करोड ११ लाख ११ हजार १११ सहयोग


  • धनकुटा खबर
  • .

काठमाडौ । जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन् ।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । यसअघि कोरोना कालदेखि अन्य विपदका बेला पनि भाटभटेनीका तर्फबाट सरकारले सहयोग प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।-पर्दाफास

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖