• Friday 9th of October 2026

ढुवानी व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्ने


  • धनकुटा खबर
  • .

ढुवानी व्यवसायी महासंघ, नेपालले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि आवश्यक राहत सामग्री निःशुल्क ढुवानी गर्ने भएको छ।

महासंघका अध्यक्ष विश्वनाथ खनाल र महासचिव अरुणकुमार श्रेष्ठले एक शाेक विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिक दल, संघसंस्था वा व्यक्तिहरुबाट भूकम्प प्रभावित क्षेत्रमा पठाइने लत्ताकपडा, औषधि जस्ता अत्यावश्यक राहत सामग्री एक सातासम्मको लागि निःशुल्क ढुवानी गरिने जानकारी दिएका हुन्।

महासंघले आफू मातहतका सम्पूर्ण ढुवानीसँग सम्बन्धित संघसंस्थालाई पनि राहत सामग्री निःशुल्क रुपमा प्रभावित क्षेत्रमा पुर्याइदिन आग्रह गरेको छ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖