काठमाडौ । जाजरकोटको रामीडाँडा आसपास आज बिहान ३.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामिडाँडा आसपास आज बिहान ८ः५८ बजे ३.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो।
रामीडाँडामा शुक्रवार राति गएको भूकम्प पछि पनि आइतवार साँझसम्म ३४९ परकम्प गएका छन्।
राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आइतवार दिउँसो ४ः १० बजेसम्म रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प पछि ३४९ परकम्प गएको जानकारी दिएको हो।
