• Friday 9th of October 2026

कोशी सरकार विवाद: मुख्यमन्त्रीलाई दिएको समर्थनबारे निर्णय गर्न एमालेको बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं– नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्नेबारे निर्णय गर्न प्रदेश संसदीय दलको बैठक बोलाएको छ।

सोमबार १ बजे प्रदेश सभाको बैठक बस्नु अघि एमालेले आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रदेश सांसद तिल कुमार मेन्याङ्वोले बताए।

असोज २६ गते कांग्रेसका ८ विद्रोही सांसद र एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्ममन्त्री भएका थिए। तर गत हप्ता कार्कीले आफ्नो सरकारमा माओवादी र एकीकृत समाजवादीलाई सहभागी गराएपछि एमाले सरकारबाट बाहिरी सकेको छ।समर्थन बारेमा भने सोमबार ठोस निर्णय लिने मेन्याङ्वोले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖