जाजरकोट : शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएका ६६ वर्षीया इन्दिरा शाहको काजकिरिया छोरीको घरबाट गरिएको छ ।
भेरी नगरपालिका–३ थाप्रेमा रहेको घर भूकम्पका कारण पूर्णरुपमा क्षति भएपछि बस्ने ठाउँ नभएपछि छोरी सुलोचना शाहको घरबाट आमाको काजकिरिया गरिएको छोरा सिद्धिगणेश शाहले जानकारी दिए । जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र बनाएर शुक्रबार मध्यरातमा विनाशकारी भूकम्प गएको थियो । राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै धनजनको क्षति भएको छ ।
उक्त भूकम्पले नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहसहित १५७ जनाभन्दा बढीको मृत्यु भएको छ भने २५६ जना घाइतेको उपचार भइरहेको छ । उक्त भूकम्पमा परी सयौं घर क्षतिग्रस्त भएको छ भने हजारौं व्यक्ति विस्थापित भएका छन् । जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ज
