• Friday 9th of October 2026

क्रिकेट खेल्दा वीरगञ्जका मेयर सिंहको हात भाँचियो, शल्यक्रिया गर्न काठमाडौंमा


  • धनकुटा खबर
  • .

जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन् । महानगरमा भएको मैत्रिपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । मेयर सिंह सामुदायिक सेवा केन्द्र टीमबाट खेलेका थिए ।

ब्याटिङ गर्ने क्रममा रन लिँदै गर्दा लडेपछि उनको दाहिने हात भाँचिएको हो । तत्काल नारायणी अस्पताल भर्ना गरिएकोमा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेकाले उनको उपचार त्यहाँ सम्भव भएन । त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको छ । मेयर सिंहको हातको शल्यक्रिया गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖