• Friday 9th of October 2026

एमाले प्रतिपक्षमा थियो, फेरी प्रतिपक्षमै पुग्यो, बहादुरी चाहीँ के गर्यो र ?:ईन्द्र आङ्बो


  • धनकुटा खबर
  • .

काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादु आङ्बोले एमाले न्यूनतम राजनीतिक संस्कारमा पनि नबसेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले एमालेकै कारण प्रदेशमा संविधानको धारा १६८ (५) को सरकार बन्ने अवस्था आएको उनले बताए । एमालेले आफू बस्न नपाएको कुर्सी भाँचिदिन्छु भन्दै हर्कत गरेको उनको टिप्पणी छ । विकल्प धेरै हुँदा र कयौं सम्भावनाका बारेमा छलफलमा एमालेले असहमती जनाएको उनले स्मरण गराए । अहिले एमालेले प्रदेशमा मध्यावधि रोक्न प्रतिपक्षमा बसेको भनेर भ्रम फैलाउन खोजेको उनको टिप्पणी छ । उनले प्रतिपक्षमा बस्नु एमालेको विक्षिप्त मानसिकता भएको बताए ।

‘न्यूनतम् राजनीतिक संस्कारमा पनि नबसेपछि जस्तो कर्म छ, त्यस्तै प्रतिफल त भोग्नैपर्छ । स्वभाविक रुपमा धारा ५ मा पनि उहाँहरु आफैंले पुर्याउनुभयो । जुन कुर्सीमा म बस्न पाईँन त्यो कुर्सी भाँच्दिन्छु भन्ने कुरा फेरिपनि दोहोरियो त । हामीले यसका उपाय र विकल्पका बारेमा कयौं छलफल गरेका थियौं, बहस गरेका थियौं । अहिले जुन ढंगबाट मध्वावधि रोक्न या यो गर्न हामीले यस्तो गर्यौं भनेर फेरी विछिप्त भएर प्रतिपक्षमा गइराख्ने कुरा आफ्नै कर्मको फल, जस्तो रोप्यो त्यस्तै फलेको मात्रै हो, अन्यथा केही पनि होईन,’– उनले भने ।

एमालेले आफूलाई मुख्यमन्त्री बन्नबाट रोकेर कुनै बहादुरी गर्न नसकेको उनको टिप्पणी छ । एमालेले आफू कम्युतिष्ट पार्टीको नेता र आदिवासी जनजाती भएकै कारण मुख्यमन्त्री बनाउन नचाहेको उनले बताए ।

‘एमालेले के गर्यो त बहादुरी ? प्रतिपक्षमै थियो, यत्रो खेलोमेलो भयो, प्रतिपक्षमै पुग्यो त । जम्माजम्मी बहादुरी आङ्बोलाई मुख्यमन्त्री बन्न दिएनौं भन्ने बाहेक के बहादुरी गर्यो त ? जम्मा तपाईँले दुईटा कारणले दिनु भएन, त्यो त मलाई राम्रोसँग थाहा छ । एउटा यो कम्युनिष्ट पार्टीकै मान्छे हो, कम्युनिष्टलाई किन मुख्यमन्त्री हुन दिने ?’ प्रश्न गर्दै उनले भने, ‘ त्यसकारणले गर्दा नदिउँ । यही बहादुरी गर्नुभयो एउटा । त्यही भन्दै जानुहोला नि त कम्युनिष्ट पार्टीका कार्यकर्ताको बीचमा । अर्कोतिर यो आदिवासी जनजाती लिम्बु समुदायबाट आएको मान्छे हो, त्यसलाई रोक्यौं हामीले, त्यही भन्दै जानुहोला नि त । यहाँ भन्दा त अर्को विकल्प छैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖