• Thursday 8th of October 2026

कार्यकारी अधिकृत कुट्ने उपाध्यक्षविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

रुपन्देही । कार्यकारी अधिकृतमाथि हातपात गरेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीमाथि सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ ।

कार्तिक १६ गते गाउँपालिका उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि गालीगलौच, हातपात र तोडफोड गरेको उजुरीका आधारमा पाँचौँ दिनका दिन मुद्दा प्रहरीले दर्ता गरेको हो ।

सोमवार दिउसो ४ बजेतिर उपाध्यक्ष चौधरीविरुद्ध मुलुकी अपराधिकसंहिता २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

यद्यपि पक्राउ पुर्जी भने अझै जारी नभएको उनले बताए। सो मुद्दाको फाइल प्रशासन कार्यालयमा पेश गरिएपछि प्रजिअ शंकरहरि आचार्यले अनुमति दिएपछि बल्ल पक्राउ पुर्जी जारी हुने कानुनी प्रावधान छ ।

उपाध्यक्षलाई कारबाहीको माग गर्दै गाउँपालिका र ६ वटै वडाका कर्मचारीहरू ५ दिनदेखि कार्यालय बन्द गरी विरोधमा उत्रेका छन् । यता प्रजिअ आचार्यले प्रहरीले फाइल पेश गर्दासाथ पक्राउ पूर्जी जारी हुने भन्दै कार्यालय समयभित्र फाइल पेश नभएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖