• Friday 9th of October 2026

एसपीलाई जिम्मेवारीबाट हटाएलगत्तै गृहमन्त्रालयले आरतीका बुवालाई वार्तामा बोलायो


  • धनकुटा खबर
  • .

काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।

गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖