• Tuesday 6th of October 2026

फिफा विश्वकप छनोट : पाँच दिनको बीचमा दुई खेल खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ। समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरू हुँदैछ।

छनोटको पहिलो खेलमा नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको खेल कात्तिक ३० मा हुनेछ। यो खेल युएईको दुबईमा हुनेछ।
युएईसँग खेलेको पाँच दिनमा नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ।

नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ।
फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

विश्वकप छनोटका लागि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन्।

नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

यमनविरूद्ध दशरथ रंगशालामा खेल हेर्नका लागि साधारण प्यारपिटको ४ सय र भिआइपीको एक हजार टिकट मूल्य तोकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖