• Tuesday 6th of October 2026

पिएसजी मिलानसँग पराजित, योङ्ग बोइजविरूद्ध सिटीको ३ गोल


  • धनकुटा खबर
  • .

च्याम्पियन्स लिगमा फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) इटालियन क्लब एसी मिलानसँग पराजित भएको छ।

सान सिरोमा बुधबार बिहान भएको खेलमा पिएसजी मिलानसँग २-१ गोल अन्तरले पराजित भएको हो।

नवौं मिनेटमा मिलान स्क्रिनियरले गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाएका थिए।

लगत्तै १२ औं मिनेटमा मिलानका राफायल लियायोले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हाफको ५० औं मिनेटमा मिलानका लागि ओलिभर जिराउडले गरेको गोल निर्णायक बन्यो।

खेलमा पिएसजीका पाँच खेलाडी र मिलानका एक खेलाडीले पहेँलो कार्ड पाएका थिए।

समूह एफमा रहेको पिएसजी ४ खेलमा दुई जित र दुई हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको डर्टमुन्डको ७ अंक छ। उसले ४ खेलमध्ये २ जित, एक हार र एक खेल बराबरीमा सकेको छ।

तेस्रो स्थानको मिलानको ५ अंक छ। उसले ४ खेलमध्ये १ जित १ हार र २ खेल बराबरी खेलेको छ।चौथो स्थानमा रहेको न्यूकासलले ४ मध्ये १ खेलमा मात्रै जितेको छ।

बुधबार नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले योङ्ग बोइजलाई ३-० गोलले पराजित गरेको छ।

सिटीको जितमा एर्लिङ हालाण्डले २ गोल गरे। इतिहाड स्टेडियममा हालाण्डले २३ औं मिनेटमा पेनाल्टीमार्फत योङ्ग बोइजविरूद्ध गोल गर्दै टिमिलाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा फिल फोडनले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए। दोस्रो हाफको ५१ औं मिनेटमा हालाण्डले गरेको गोल खेलमा निर्णायक बन्यो।

समूह जी मा रहेको सिटी अहिलेसम्म अपराजित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖