• Sunday 4th of October 2026

आरिफ र सोमपालबीच ५० रनको साझेदारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको पाकिस्तान विरुद्धको खेलमा नेपालका ब्याट्सम्यान आरफ शेख र सोमपाल कामीले ५० रनको साझेदारी गरेका छन् ।

आरिफ र सोमपाल दुबैले २३—२३ रन बनाएका छन् । नेपालले १२ ओभरमा तीन विकेट गुमाएर ६४ रन बनाएको छ ।

आरिफ र सोमपालले पाकिस्तानका तीव्र गतिका बलरहरुद्वारा फालिएको एक सय ४५ किलोमिटर प्रतिघण्टा गतिको बललाई झेल्दै उक्त साझेदारी गरेका हुन् । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖