काठमाडौं । ग्लेन म्याक्सवेलको अफगानिस्तान विरुद्धको अविश्वसनीय इनिङ्सका लागि धेरै प्रशंसा भइरहेको छ जसले अष्ट्रेलियालाई जित दिलायो। म्याक्सवेलले आफ्नो प्रशंसा गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
म्याक्सवेलले सामाजिक प्लेटफर्म एक्स मा लेखे, “प्रशंसाबाट अभिभूत छु । सन्देश पठाउने सबैलाई धेरै धेरै धन्यवाद। प्याट कमिन्सले पनि मैदानमा उत्कृष्ट प्रदर्शन देखाए।”
मंगलबार मुम्बईमा भएको खेलमा म्याक्सवेलले १२८ बलमा अविजित २०१ रन बनाएका थिए ।अष्ट्रेलियाले जितका लागि २९२ रनको लक्ष्य पछ्याउँदा ९१ रनमा नै सात विकेट गुमाएको बेला उनले यो इनिङ खेलेका थिए ।
म्याक्सवेलले कप्तान प्याट कमिन्ससँग आठौं विकेटका लागि अविजित २०२ रनको साझेदारी गरे। कमिन्सले १२ रन मात्र बनाए तर विकेट कायम राखे ।
म्याक्सवेलको इनिङ्सको सचिन तेन्दुलकर, वीभीएस लक्ष्मण र वसिम अकरमलगायत क्रिकेट इतिहासका धेरै महान खेलाडीहरूले प्रशंसा गरेका छन्।
