• Friday 9th of October 2026

नेपालमै पहिलो पटक धनगढीमा मोबाइल एप मार्फत दमकल सेवा सुरु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाले मोबाइल एपमार्फत दमकल सेवा दिन सुरु गरेको छ। नगर प्रमुख गोपाल हमालले मोबाइल एपमार्फत दमकल सेवा शुभारम्भ गरेका हुन्।

मोबाइल एम डाउन्लोड गरेका नागरिकले दमकल थिच्दा उपमहानगरपालिकामा साइरन बज्ने छ। नगर प्रहरीसँगै उपमहानगरपालिकाका विपद्सँग जोडिएका कर्मचारीको फोनमा म्यासेजसमेत जाने छ। मोबाइल एपमार्फत आगो लागेको क्षेत्र, सडक तथा घरधनीको नाम र फोन नम्बरसमेत उपमहानगरपालिकाले पाउने छ।

नगर प्रमुख हमालले एपको सहायताले आगो लागेको क्षेत्रसम्म दमकल जान समय बचत हुने बताए। उनले भने, ‘आगो लागेपछि सबै भन्दा महत्वपूर्ण समय हो। कसैको घरमा आगलागीेपछि धुवा खोज्नुपर्ने बाध्यता छ। यो एपले त्यो समस्या समाधान गर्ने छ। समय बचत भएपछि धन र जन बचाउन सकिन्छ। धनगढीका वैज्ञानिक सुमन पौडेलले प्रविधि विकास गर्नु भएको छ। उहाँले हामीलाई निःशुल्क सेवा जडान गर्नु भएको हो। यो प्रविधिले प्रभावकारी काम गर्नेमा हामीलाई विश्वास छ।’

धनगढी उपमहानगरपालिकाका वैज्ञानिक सुमन पौडेलले नयाँ प्रविधिको विकास गरेका हुन्। उनले नेपालमा पहिलो पटक धनगढीमा एपमार्फत दमकल सेवा दिन सुरु गरिएको दाबी गरेका छन्। उनले तयार पारेको मोबाइल एप धनगढीका नागरिकले डाउनलोड गरेको हुनुपर्ने छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖