• Friday 9th of October 2026

एकाबिहानै जाजरकोटमा पुनः भूकम्पको परकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २३ । जाजरकोटमा आज विहान पुनः भूकम्पको परकम्प मापन गरिएको छ ।

बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । भूकम्पमा १५३ जनाले ज्यान गुमाई सकेका छन । तीन सय भन्दा बढी घाइतेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖