• Friday 9th of October 2026

अछाममा भएको युवकको हत्यामा काठमाडौंबाट महिला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। अछाममा भएको युवक हत्याको घटनामा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो।

अछामको पन्चदेवल विनायक नगरपालिका-८ मा कात्तिक १७ गते १८ वर्षीय दिपेन्द्र बहादुर शाहीको हत्या भएको हो। पक्राउ परेकी लक्ष्मी मृतक दीपेन्द्रकी छिमेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖