• Friday 9th of October 2026

धरानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन


  • धनकुटा खबर
  • .

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल सम्भाव्यता अध्ययन गर्न ३ सदस्यीय समिति गठन गरेको छ।

प्राधिकरणले मन्त्री सुदन किरातीको निर्देशानुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको हो।

धरानका मेयर हर्कबहादुर सम्पाङले विमानस्थल निर्माणका लागि आग्रह गरेसँगै मन्त्री सुदन किरातीले प्राधिकरणलाई समिति गठन गर्न निर्देशन दिएका थिए।

प्राधिकरणका अनुसार अध्ययन समितिको संयोजकमा प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा तथा सदस्यहरूमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल नियुक्त भएका छन्।

धरानमा विमानस्थल बनाउनका लागि सर्वसाधरणको जग्गा लिई विमानस्थल नबनेको भन्दै मेयर साम्पाङले विमानस्थल छिटो बनाउन आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖