• Tuesday 6th of October 2026

दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा शुक्रबार दक्षिण अप्रिकाले अफगानिस्तानको सामना गर्दैछ ।

खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा स्थान बनाइसकेको दक्षिण अफ्रिका समूह चरणको अन्तिम पनि खेलमा जित निकाल्ने सोचमा छ ।

आठ खेलमा ६ जित र दुई हारको नतिजासहित १२ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । टेम्बा बाभुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिकलाई क्विनटन डिकक, एडेन मार्क्ररम , मार्को यानसन, केशव महाराज तवरेज शाम्सी जस्ता खेलाडीले साथ दिने छन् ।

यता समेफिाइनल सम्भावना लगभग समाप्त भइसकेको अफगानिस्तान पनि समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा छ ।

अफगानिस्तान आठ खेलमा समान चार जित र हारको नतिजासहित ८ अंक जोडेर छैटौं स्थानमा छ ।

हस्मतुल्लाह शाहिदीको कप्तानमा रहेको अफगानिस्तालाई इब्राहिम जाद्रन, रहमत शाह, राशिद खान अज्मतुल्लाह ओमजाइ नविन उल हक जस्ता खेलाडीले साथ दिनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖