• Friday 9th of October 2026

श्रीदेवीका सानोबुवा नातामा काका र देवरले गरेका थिए तीन छोराछोरीसहित ४ जनाको हत्या


  • धनकुटा खबर
  • .

मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा छायानाथ रारा गाउँपालिका-६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही ठाउँ घर भई हाल बाँके वैजनाथ गाउँपालिका बस्ने ३१ वर्षीय गोपाल बोहरा रहेका छन्।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुबैमाथि अनुसन्धान जारी भएको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले दिउँसो सार्वजनिक गर्ने बताए।

प्रहरी स्रोतका अनुसार दुबै हत्या गरिएका परिवारका नातेदार हुन्।

कात्तिक ८ गते राति करिब साढे ८-९ बजेतिर छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिने छोरा रहरको हत्या भएको थियो।

कात्तिक ८ गते दसैंको टीकाको भोलिपल्ट बेलुका माइतीबाट घर फर्केकी श्रीदेवीसहित चारै जनाको राति हत्या भएको थियो।

हत्यापछि शाही र बोहराले घरमा ताला लगाएर भागेका थिए। छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए।

श्रीदेवीको माइतमा फोन गर्दा घर फर्किसकेको बताएपछि छिमेकीले भोलिपल्ट प्रहरीलाई खबर गरेका थिए।

खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा चारै जनाको शव फेला परेको थियो।

शाही श्रीदेवीका सानोबुवा हुन्। उनी नातामा काका पनि पर्छन्। बोहरा श्रीदेवीका बुढो मावलीतर्फ नातामा देवर पर्छन्।

प्रहरी स्रोतका अनुसार दुबैले सुन र नगद लुट्ने योजनाका साथ घरभित्र छिरेका थिए।

श्रीदेवीको कानमा लगाएको गहनासहित करिब सात-आठ तोला सुन उनीहरूले लुटेको प्रहरीले जनाएको छ। उनीहरूले नगद पनि लुटेर लगेका थिए। तर, के कति नगद भन्ने खुलेको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖