• Sunday 4th of October 2026

८३ बर्षिया बृद्ध महिला झुण्डीएको अवस्थामा फेला


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउंपालिकामा एक बृद्ध झुण्डीएको अवस्थामा फेला परेका छन् ।

जिल्लाको आलिताल गाउंपालिका वडा न. ८ मौरी बस्ने जस्मा देबि कुवर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी निरिक्षक गगन सिंह भांटले जानकारी दिए अनुसार राम बहादुर कुंवरका आमा ८३ बर्षिया जस्मा देबि कुवर घरकै बारदलीको कुनामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

झुण्डिएको अवस्थामा फेला परेकी कुवरको मानसिक अबस्थामा पनि समस्या रहेको प्रहरीले जनाएको छ ।

उनको अहिले पोष्टमार्टम लागि जोगबुडा अस्पताल लगिदै छ । भने घटनाको बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖