• Friday 9th of October 2026

विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर


  • धनकुटा खबर
  • .

काठमाडौं, कार्तिक २४ । नेपाल विद्युत प्राधिकरणले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो ।

प्राधिकरणले दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त माग गरेको छ ।

यस्तै, प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटर रिडिङ सुपरभाइजर ७६ जना, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसियन १३४ र जुनियर मिस्त्री २२ जना का लागि दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका व्यक्तिहरूले १४ मंसिरसम्म दरखास्त दिइसक्नुपर्ने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖