• Sunday 4th of October 2026

मलेसियाविरुद्ध नेपालले सुरुका तीन बलमै गुमायो तीन विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले सुरुका तीन बलमै तीन विकेट गुमाएको छ ।

नेपालले पहिलो बलमा काजल श्रेष्ठ, दोस्रो बलमा कुमारी खड्का र तेस्रो बलमा इन्दु बर्मा आउट भए ।

मलेसियाकी बलर ऐना हामिजाले सुरुका दुई ब्याटरलाई आउट गरेकी थिइन् भने बर्मा रन आउटको शिकार भइन् ।

नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ३७ रन जोडेको छ । कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् भने सिता राना मगर १३ रनमा खेल्दैछिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖