• Sunday 4th of October 2026

बैठकका बेला बाँदरसँग जुध्न विशेष तयारी


  • धनकुटा खबर
  • .

अर्को महिना आयोजना हुन लागेको जी–२० बैठकअघि भारतको राजधानी दिल्लीमा तीव्र तयारी भइरहेको छ । त्यसमा सहभागी हुन विश्वभरका नेताहरू दिल्ली जानेछन् ।

यसैबीच, दिल्लीको सडकमा जडान गरिएका केही कटआउटहरूले मानिसहरूको ध्यान तानिरहेका छन् । त्यहाँ बाँदरका कटआउटहरू छन्, जुन बाँदरहरूलाई डराउनका लागि राखिएको छ ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै बाँदरका यी कटआउट बाँदरको बाहुल्यता रहेको क्षेत्रमा जडान गरिएको छ । बाँदरका कारण जी–२० शिखर सम्मेलनमा कुनै अवरोध नहोस् भनेर प्रशासन प्रयासरत छ ।

पीटीआईका अनुसार प्रशासनले ३०–४० जनालाई बाँदरको आवाज निकाल्ने तालिम पनि दिएको छ, ताकि बाँदरलाई डराउन सकियोस् ।

यसका साथै प्रशासनले बाँदरले यताउता खाना नफ्याँकोस् भनेर पूर्वनिर्धारित स्थानमा खाना दिने तयारी गरेको छ ।

भारतले यस वर्ष जी–२० को अध्यक्षता गरिरहेको छ र यो बैठक ९–१० सेप्टेम्बरमा दिल्लीमा आयोजना हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖