• Friday 9th of October 2026

श्रीलंकाली टोलीका मुख्य चयनकर्ताले भने- षड्यन्त्रका कारण हार भएको हो


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रीलंका टोलीका मुख्य चयनकर्ताले विश्वकप क्रिकेटमा श्रीलंकाको खराब प्रदर्शनको कारणबारे अनुसन्धान गर्न दुई दिनको समय मागेका छन् ।

श्रीलंकाका मुख्य चयनकर्ता प्रमोदय विक्रमासिंघेले शुक्रबार आफ्नो देशको खराब प्रदर्शन बाहिरी षड्यन्त्रको परिणाम भएको बताएका छन् ।

न्युजिल्यान्डसँग पाँच विकेटले हारेर स्वदेश फर्केका विक्रमासिङ्घेले भने, ‘के भयो भनेर व्याख्या गर्न दुई दिन लाग्छ। यो बाह्य षड्यन्त्रको परिणाम हो ।’

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो (हार) निकै दुखद छ । म यसको जिम्मेवारी लिन्छु।’

सन् १९९२ पछिको विश्वकपमा श्रीलंकाको यो सबैभन्दा खराब प्रदर्शन हो। टोलीले आफ्ना नौ खेलमध्ये दुईमा मात्रै जित हासिल गरेको छ ।

टोली चोटका कारण पनि समस्यामा परेको थियो । प्रतियोगिताको बिचमा कप्तान पनि परिवर्तन गर्नु परेको थियो । भारत विरुद्ध श्रीलंकाको पूरा टिम मात्र ५६ रनमा आउट भएको थियो ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आईसीसी बोर्डले श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको थियो ।

यो प्रेस विज्ञप्तिमा भनिएको छ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सदस्य भएर श्रीलंका क्रिकेटले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖