• Tuesday 6th of October 2026

नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालको यू–१९ क्रिकेट टिमले एसिया कपको पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनीक गरेको तालिका अनुसार नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा पाकिस्तान सहित भारत र अफगानिस्तान छन् ।
नेपाल तुलनात्मक रुपमा बलियो समूहमा परेको हो ।

समूह बीमा बंगलादेश, श्रीलंका, यूएई र जापान छन् ।
यूएईमा हुने एसिया कपमा डिसेम्बर ८ मा पाकिस्तानसँग नेपालले प्रतियोगिताको पहिलो खेल खेल्नेछ ।

यस्तै, डिसेम्बर १० मा अफगानिस्तान र डिसेम्बर १२ मा भारतसँग नेपालले समूह चरणका खेलहरु खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा दुबई अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । मलेसियामा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै प्रतियोगितामा छनोट भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖