• Tuesday 6th of October 2026

पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

कोलकाता । समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको हो ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए । त्यस्तै, जो रुटले ६० तथा डेभिड मलानले ३१ र ह्यारी ब्रुकले ३० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २–२ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖