• Tuesday 6th of October 2026

भ्यालेन्सियाको पोष्टमा रियलको पाँच गोल


  • धनकुटा खबर
  • .

भिनिसियस जुनियर र रोड्रिगोले दुई दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-१ ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो वर्नाबेउमा भएको खेलको तेस्रो मिनेटमै डानी कार्भाजलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि भिनिसयसले ४२औं र ४९औं मिनेटमा गोल गरे । दुवै गोलका लागि रोड्रिगोले असिस्ट गरे । अनी रोड्रिगो आफैंले ४९औं र ८४औं मिनेटमा गोल गरे ।

भ्यालेन्सियाका लागि ८८औं मिनेटमा डुरोले सान्त्वना गोल फर्काए ।

जितपछि रियलले १३ खेलबाट ३२ अंक जोडेको छ र दोस्रो स्थानमै कायम छ । शीर्ष स्थानको गिरोना भन्दा रियल दुई अंकले पछि छ ।

गिरोनाको लय कायमै

स्पानिस ला लिगामा यस सिजन सानो क्लब गिरोनाले उत्कृष्ट प्रदर्शन कायम राख्दै शीर्ष स्थानमै छ ।

गएराती भएको खेलमा गिरोनाले राभो भालेकानोलाई एक गोलले पछि परेको स्थिती उल्टाउँदै २-१ ले हरायो ।

घरेलु मैदानमा अल्भारो गार्सियाले पाँचौ मिनेटमै गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए ।

तर अर्टेम डोव्बाइकले ४२औं मिनेटमा गिरोनाका लागि बराबरी गोल गरे । त्यसपछि साभियोले ६५औं मिने६मा गिरोनाका लागि विजयी गोल गरे ।

जितपछि १३ खेलबाट ३४ अंक जोडेर गिरोना शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖