• Tuesday 6th of October 2026

एमबाप्पेको ह्याट्रिकमा पीएसजी शीर्ष स्थानमा


  • धनकुटा खबर
  • .

केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राती रेइम्सलाई ३-० ले पराजित गरेको छ । यो जितले पीएसजी अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ ।

खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले दोस्रो हाफमा दुई गोल गरे । ५९औं र ८२औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

रेइम्सका जुन्या इतोले सातौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।

जितपछि पीएसजी १२ खेलमा २७ अंक जोडेको शीर्ष स्थानमा उक्लेको छ । उसले नाइसलाई एक अंकले पछि पारेको छ ।

नाइस मोन्टेपिलरसँग गोलरहित बराबरीमा रोकिएपछि पीएसजीलाई फाइदा भएको हो । समान खेलबाट नाइस २६ अंकसहित दोस्रोमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖