• Sunday 4th of October 2026

२१ जनाको जम्बो टोलीसहित एमाले नेताहरु चीन जाँदै,को-को छन् भ्रमण दलमा सदस्य?


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ भदौ । नेकपा एमालेको एक टोली चीनको भ्रमणमा जाने भएको छ । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली आउँदो १७ गते चीन भ्रमणमा जाने भएको हो ।

पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय टोलीले भदौ १७ देखि २९ सम्म चीन भ्रमण गर्न लागेको हो । टोलीले ग्वाङझाओ, बेइजिङ र चीनहाईको भ्रमण गर्नेछ । भदौ १७ मा चोङचिङ जाने टोली भदौ २१ मा राजधानी बेइजिङ पुग्नेछ । बेइजिङमा सीपीसीका उच्च अधिकारीहरूसँग महासचिव पोखरेल नेतृत्वको टोलीले वार्ता गर्ने कार्यक्रम छ ।

पोखरेल नेतृत्वमा जाने भ्रमण टोलीमा पोखरेलसहित प्रतिनिधि सभा सदस्यद्धय ज्वालाकुमारी साह, र मानविर राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, विदेश विभाग प्रमुख डा.राजन भट्टराई, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेमसंघकी अध्यक्ष टुका हमाल, प्रेस चौचारीका उपाध्यक्ष राजेश राई, जीफन्टका महासचिव लक्षमण शर्मा रहने एमालेले जनाएको छ ।

त्यस्तै यस्तै, केन्द्रीय सदस्यहरु गोपाल खनाल मञ्जु गुरुङ, कल्पना थापा, नीरज आचार्य, अजय गुप्ता, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना पनि भ्रमण टोलीमा रहने छन्।

टोली बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्नेछ। चीनका केही ऐतिहासिक शहरहरुको अवलोकन गरेर टोली भदौ ३० मा नेपाल फर्किनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖