• Wednesday 7th of October 2026

विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात, राेहित शर्माले ताेडे क्रिस गेलकाे रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा भारतले उत्कृष्ट शुरुवात गरेकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले ३३ ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका राेहितले ४ छक्का र ४ चाैका प्रहार गरे ।

आजकाे खेलमा राेहित शर्माले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । यसअघि विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने वेस्ट इन्डिजका क्रिस गेल थिए ।

गेलले ३५ खेलमा ४९ वटा छक्का प्रहार गरेका थिए । राेहित शर्माले मात्र २७ खेलमा ५१ वटा छक्का प्रहार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖