• Wednesday 7th of October 2026

काेहली र अय्यरकाे शतकमा भारतले दियाे न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायाे । भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए ।

काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडे ।

बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए । न्युजिल्यान्डले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖