• Sunday 4th of October 2026

भारतविरुद्धको खेलका लागि श्रीलंका पुग्यो नेपाली टिम


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप–२०२३ को दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल २३८ रनले पराजित भएको थियो ।

समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।

एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाए पनि भारतले आफ्नो टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन भइरहेको छ । प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी सबै श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖