• Thursday 8th of October 2026

पाकिस्तानी क्रिकेट टिमका बाबरले छाडे कप्तानी


  • धनकुटा खबर
  • .

पाकिस्तानी क्रिकेट टिमका बाबर आजमले कप्तानी छाडेका छन्। भारतमा जारी सन् २०२३ को विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पछि उनले क्रिकेटको सबै फर्म्याटको कप्तानी छाडेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले क्रिकेटको तीन वटै फर्म्याटको कप्तानी छोडेको बताएका छन्।

बाबरले ट्वीटमा लेखेका छन्, ‘मलाई राम्रोसँग सम्झना छ जब पीसीबीले २०१९ मा पाकिस्तान टीमको नेतृत्व गर्नका लागि मलाई फोन गरेको थियो।’

‘आज म पाकिस्तान क्रिकेटको सबै फर्म्याटको क्यापटेनको पदबाट दिइएको जिम्मेवारीबाट हट्ने फैसला गर्दछु। यो कठिन निर्णय हो। तर, मलाई लाग्छ यो नै सहि समय हो। तर, म तीन वटै फर्म्याटमा खेलाडीको रुपमा भने प्रतिनिधित्व गरिरहने छु। मलाई महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा पाकिस्तान क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖