• Tuesday 6th of October 2026

बस दुर्घटनामा ३९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । जम्मू कश्मीरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा यो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टमा लेखेका छन्, ‘जम्मु–कश्मीरको डोडामा भएको बस दुर्घटना दुःखद छ । आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारहरूप्रति मेरो समवेदना। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

प्रधानमन्त्री मोदीले सबै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने बताएका छन् ।

यसैबीच, केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटरमा भने, “जम्मु कश्मीरको डोडामा भएको दुःखद बस दुर्घटनामा धेरै बहुमूल्य जीवनको क्षतिको बारेमा थाहा पाउँदा गहिरो दुःख लागेको छ… मृतकका परिवारप्रति हार्दिक समवेदना। घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको हुनसक्छ ।चालकले मोडमा बस राम्ररी घुमाउन नसकेका कारण बायाँ तर्फबाट बस निस्केर दाहिनेतर्फको खाल्डोमा खसेको उनले बताए ।

उनले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖