• Thursday 8th of October 2026

हङकङविरूद्ध नेपालको खराब सुरूवात, तीन ओभरमा गुम्यो ४ विकेट


  • धनकुटा खबर
  • .

चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत हङकङविरूद्ध नेपालले खराब सुरूवात गरेको छ।

हङकङ क्रिकेट क्लवको मैदानमा टस जितेर कप्तान इन्दु बर्माले पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्।

नेपालले तेस्रो ओभरसम्म ४ विकेट गुमाएको छ।

दोस्रो ओभरको चौथो बलमा ओपनर पुजा महतो ४ रन बनाएर आउट भइन्। पुजाको विकेटपछि आएकी सम्झना खड्का तेस्रो ओभरको तेस्रो बलमा आउट भइन्।

लगत्तै काजल श्रेष्ठ चौथो बलमा र कप्तान इन्दु बर्मा पाचौं बलमा आउट भइन्। तीनैजनालाई हङकङकी इक्रा सहरले आउट गरेकी हुन्।
कप्तान इन्दु बर्माको विकेटपछि बिन्दु रावल र सीता रानामगर ब्याटिङमा छन्। नेपालले ४ ओभरमा १४ रन बनाएर खेलिरहेको छ।

बुधबार तान्जानियाविरूद्धको खेलमा सीताले ४३ रन बनाएकी थिइन्।
हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलि महिला टी-२० सिरिजमा नेपाल तान्जानियासँगको पहिलो खेलमा २७ रनले पराजित भएको छ।

सिरिजको शीर्ष दुईमा अटाउन नेपालले आजको खेल जित्नुपर्ने दवाब छ। नेपाली टिमकी कप्तान इन्दु बर्माले आजको टिममा तीन खेलाडी परिवर्तन भएको बताएकी छन्।

आयोजक हङकङ टी-२० वरीयतामा २२ औं स्थानमा छ भने नेपाल २१ औं स्थानमा छ।

नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गेत खेल्नेछ।
शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖