• Thursday 8th of October 2026

सचिन तेन्दुलकरले भने- त्यो तन्नेरी केटो आज ‘विराट’ बन्यो


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेटर सचिन तेन्दुलकरका नाममा रहेको ‘एकदिवसीय खेलमा सर्वाधिक शतक बनाउने’ खेलाडीको कीर्तिमान तोड्दै भारतकै विराट कोहलीले नयाँ रेकर्ड राखेका छन्।

गत साता तेन्दुलकरको ४९ शतकको विश्व कीर्तिमान बराबरी गरेका कोहली बुधबार ५० शतक पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन्।
कोहलीले आफ्नो नाममा रहेको विश्व कीर्तिमान भंग गरेसँगै सचिन तेन्दुलकरले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन्। उनले भारतीय क्रिकेट टिमको ड्रेसिङ रूममा पहिलोपटक विराट कोहलीलाई भेट्दाको क्षण सम्झँदै आफ्नो ट्विटरमा सन्देश लेखेका छन्।

विराटलाई व्यक्तिगत सम्बोधन गर्दै सचिन लेख्छन् —
‘भारतीय टिमको ड्रेसिङ रूममा तिमीलाई पहिलोपटक भेट्दा साथीहरूले ठट्टा गर्दै मेरो खुट्टा छुन लगाएका थिए। त्यस दिन मैले आफ्नो हाँसो थाम्न सकेको थिइनँ। तर छिट्टै नै तिम्रो जोश र कौशलले मेरो मुटु छोयो। त्यस दिन मैले भेटेको त्यो तन्नेरी केटो आज ‘विराट’ खेलाडी बनेकोमा म अत्यन्तै खुसी छु।’
तेन्दुलकर अगाडि लेख्छन् —

‘मेरो कीर्तिमान एक भारतीय खेलाडीले तोड्नुभन्दा ठूलो खुसीको कुरा अरू केही हुन सक्दैन। त्यसमाथि क्रिकेटको सबभन्दा ठूलो मञ्च — विश्वकप सेमीफाइनल — र मेरो घरेलु मैदानमा कीर्तिमान तोडिनु मेरो लागि सुनमा सुगन्ध हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖