• Thursday 8th of October 2026

युएईविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक


  • धनकुटा खबर
  • .

नेपाल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबई स्थित अल-मक्टूम रंगशालामा हुने खेलमा लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।

नियमित रक्षक अनन्त तामाङको चोटका कारण भएको अनुपस्थितिमा छिरिङ लामाले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै छन् । उनले गत सिजनको ए डिभजन लिगमा जावलाखेल युथ क्लब बाट खेलेका थिए । रक्षापंक्तिमा रोहित चन्दले उनको साथ दिने छन् । यस्तै रक्षापंक्तिमा सनिस श्रेष्ठ र आशिष चौधरी रहने छन् ।

मिडफिल्डमा उत्सव राई, लाकेन लिम्बु र सेसेहाङ आङदेम्बे रहने छन्। सेसेहाङले नोभेम्बर २०२२ मा काठमाडौंमा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्।

यस्तै फरवार्ड लाइनमा मनिष डाँगी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट रहने छन्। अन्जनलाई आज नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउने मौका रहेको छ। उनले हरी खड्का र निराजन रायमाझी सँगै १३ गोल गरेका छन्।

नेपालले पहिलो चरणमा लाओस विरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो। नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमन विरुद्ध काठमाडौंमा खेल्ने छ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, आशिष चौधरी, लाकेन लिम्बु, उत्सव राई, सेसेहाङ आङदेम्बे,अनिश डाँगी, जिलेस्पी जंग कार्की, अन्जन विष्ट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖