• Friday 9th of October 2026

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल सर्वोच्चमा


  • धनकुटा खबर
  • .

काठमाडौं,१ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद नेपाल) सर्वोच्च अदालत पुगेका छन् ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै अधिवक्ता नेपालले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदन दर्ता गराएका हुन् ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेरे रिट हालेको अधिवक्ता नेपालले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

यसअघि आजै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले पनि सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको हाल चौतर्फी विरोध भईरहेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गरेर तानाशाह प्रवृत्ति लाद्न खोजेको कानुनविद्हरुले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖