• Friday 9th of October 2026

टिकटक प्रतिबन्धविरुद्ध त्रिपाठीको रिट : घरमा मुसा पस्यो भनेर पूरै घरमा आगो लगाउनु गलत


  • धनकुटा खबर
  • .

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएको छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले दर्ता गरेको रिटमा आगामी मंसिर ४ गतेलाई पेसी तोकिएको छ ।

सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा संविधानको चौघेराभन्दा बाहिर गएर सरकारले कुनै पनि प्रतिबन्ध लगाउन नसक्ने भन्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लोकतान्त्रिक सरकारका लागि अशोभनीय भनिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारको टिकटक प्रतिबन्ध लगाउने निर्णयलाई ‘घरमा मुसा पस्यो भनेर पूरै घरमा आगो लगाउने निर्णय’ जस्तै भएको दाबी गरेका छन् । राज्यको अपरिभाषित र असीमित शक्तिले स्वेच्छाचारितालाई जन्म दिने र त्यसले लोकतन्त्रलाई समाप्त पार्ने उनको दाबी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖