• Thursday 8th of October 2026

विश्वकप फाइनल हेर्न अस्ट्रेलियन प्रधानमन्त्रीलाई निम्ता


  • धनकुटा खबर
  • .

एकदिवसीय विश्वकपको फाइनल नोभेम्बर १९ मा भारत र अष्ट्रेलियाबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । फाइनल खेल हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुन सक्ने र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई पनि निमन्त्रणा गरिएको छ ।

भारतीय कप्तान एमएस धोनी र कपिल देव पनि खेल हेर्न अहमदाबाद पुग्न सक्नेछन् । कपिल देवको कप्तानीमा भारतले सन् १९८३ मा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्र सिंह धोनीको कप्तानीमा सन् २०११ मा भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।

यसका अलावा भारतीय खेलाडी, पूर्व भारतीय महान खेलाडी सचिन तेन्दुलकर र हार्दिक पाण्ड्याका परिवारका सदस्य पनि अहमदाबाद पुग्न सक्नेछन् । फाइनल खेलका लागि बीसीसीआईका अधिकारीहरू, आईसीसीका वरिष्ठ अधिकारीहरू र विभिन्न राज्य संघका सदस्यहरू पनि नरेन्द्र मोदी स्टेडियममा उपस्थित हुनेछन्।

यसै वर्ष मार्च ९ मा भारत र अष्ट्रेलियाबीच खेलिएको टेष्ट म्याचमा अस्ट्रेलियाका प्रधानमन्त्री र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्टेडियम पुगेका थिए ।

मुम्बईको वानखेडे स्टेडियममा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले पराजित गर्दै टिम इन्डियाले फाइनलमा स्थान पक्का गरेको हो । कोलकाताको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

सेमिफाइनल अघि टीम इन्डिया विश्वकप लिगका सबै ९ खेल जितेर अंक तालिकामा सेमिफाइनलमा पुगेको थियो । जबकि अष्ट्रेलिया अंक तालिकाको तेस्रो स्थानमा छ । लिगका ९ मध्ये २ खेलमा हार बेहोरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖