• Thursday 8th of October 2026

विश्वकपको फाइनलअघि आईसीसीका सल्लाहकार एट्किन्सन र पिचबारे चर्चा


  • धनकुटा खबर
  • .

अहमदाबाद । भारत र अष्ट्रेलियाबिचको विश्वकप फाइनलअघि अहमदाबादको पिचलाई लिएर चर्चा भइरहेको छ । यतिबेला पिचको मुड नाप्ने प्रयास भइरहेको छ ।

मुम्बईमा भारत र न्युजिल्यान्डबिचको सेमिफाइनल खेललाई लिएर आईसीसी पिच कन्सल्टेन्ट एन्डी एट्किन्सन ‘खुसी नभएको’ को बारेमा धेरै चर्चा भएको थियो । मिडिया रिपोर्टहरूले एट्किन्सनलाई उद्धृत गर्दै सेमिफाइनल ‘पहिले नयाँ पिचमा खेलाउने तयारी भए पनि पछि प्रयोग गरिएको पिचमा खेलाइएको’ दाबी गरिएको थियो।

तर, यसबारे पनि आईसीसी स्पष्टीकरण दिइसकेको छ । आईसीसीले विज्ञप्ति जारी गर्दै यसअघि पनि यस्तो भएको बताएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार एटकिन्सन फाइनल हुनुभन्दा ४८ घण्टा अघिसम्म अहमदाबादमा नदेखिएको र यस विषयमा पनि चर्चा सुरु भएको थियो। पीटीआईले स्रोतलाई उद्धृत गर्दै एटकिन्सन शुक्रबार साँझ अहमदाबाद पुगेको र आज (शनिबार) मैदानमा हुने दाबी गरेको छ।

यसैबीच, शुक्रबार वरिष्ठ बीसीसीआई ग्राउन्ड स्टाफ सदस्य आशिष भौमिक र तपोस चटर्जी र बीसीसीआई घरेलु क्रिकेट जीएम अभय कुरुभिल्लाले अन्तिम पिचको तयारीमा नजिकबाट नजर राखेका थिए।

फाइनलका लागि तयार भएको विकेट हेर्न भारतीय कप्तान रोहित शर्मा र प्रशिक्षक राहुल द्रविड पुगेका थिए । उनले भौमिक र चटर्जीसँग पनि कुराकानी गरे।

रिपोर्टका अनुसार शुक्रबार पिचमा भारी रोलर प्रयोग गरिएको थियो। पीटीआईले राज्य इकाईका एक क्युरेटरलाई उद्धृत गर्दै भन्यो, ‘यदि कालो माटोले बनेको स्ट्रिप (पिच) मा भारी रोलर चलाइयो भने, ठुलो स्कोर बनाउन सकिने ढिलो ब्याटिङ ट्र्याक बनाउने उद्देश्य हो । तर ब्याट्सम्यानहरूलाई लगातार प्रहार गर्दा कठिनाइ हुनेछ,’ उनले भने, ‘यदि यस्तो पिचमा पहिले ब्याटिङ गर्ने टिमले ३१५ रन बनायो भने यो जितको स्कोर बन्न सक्छ । यहाँ पछि ब्याटिङ गर्ने टोलीले समस्या भोग्न सक्छ। यस्तो अवस्थामा टसको भूमिका महत्वपूर्ण हुन सक्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖