• Thursday 8th of October 2026

केपी ओली टी–२० क्रिकेट विहीबारदेखि


  • धनकुटा खबर
  • .

धन बस्नेत,पोखरा । बागमती प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसँग उदघाटन खेलसँगै आगामी बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुरु हुने भएको छ।

आईतबार मात्रै सार्वजनिक गरिएको खेल तालिका अनुसार आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बागमती प्रदेशसँग खेल्नेछ। पोखरामा लामो समयपछि राष्ट्रियस्तरको टी–२० क्रिकेट प्रतियोगिता हेर्ने अवसर क्रिकेटप्रेमीले पाउने छन्।

एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनका अनुसार विभागीय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवसहित कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ।

खेल तालिका अनुसार समूह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, समूह ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, समूह ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो रहेका छन्।

यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउने संयोजक गौचनले बताए। एकेडेमीले विभिन्न क्रिकेट एकेडेमीबाट खेलाडी छनोट गरी दुई टोली तयार गरेको छ।

प्रतियोगिताको लागि मैदान र पीच तयारी गरिएको छ। मैदानको घाँसलाई काटेर सौन्दर्यकरण समेत गरिएको छ। प्रतियोगितााको लागि ७० लाख खर्च हुने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले जनाएको छ। प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख र उपविजेता टिमले नगद २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिनेछ। प्रतियोगिताको व्यवस्थापन मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीले गर्ने छ। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖