• Thursday 8th of October 2026

अस्ट्रेलियाविरूद्ध अर्धशतक प्रहार गरेका केएल राहुल पनि आउट


  • धनकुटा खबर
  • .

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अहिले घरेलु टिम भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले दुवै ओपनरसहित ६ विकेट गुमाएको छ।

छैटौं विकेटको रुपमा केएल राहुल आउट भए। उनले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके। त्यतिबेला भारतले ६ विकेटको क्षतिमा ४१.३ ओभरमा २०३ रन जोडेको थियो।
त्यसअघि रविन्द्र जडेजा ९ रनमा आउट भएका थिए। विराट कोहली ५४ रन बनाए। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

भारतले १० ओभरपछि बाउन्ड्री प्रहार गर्न सकेको थिएन। ९७ बलपछि बाउन्ड्री प्रहार गर्ने क्रममा भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए।

दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए। उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए। उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
अर्को ओभरमा कप्तान पास कमिन्सले भारतका श्रेयष अय्यरलाई ४ रनमा आउट गरे।

बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र पाट कमिन्सले २-२ विकेट लिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖