• Thursday 8th of October 2026

विश्वकपको फाइनलमा भारतविरुद्ध हेडको शतक


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् ।

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुेशेनसँग मिलेर पारी सम्हाले ।

त्यसक्रममा उनले शतक पुरा गरे । शतक बनाउने क्रममा ९५ बलको सामना गरेका उनले १४ चौका र एक छक्का हानेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖