• Thursday 8th of October 2026

यमनविरुद्ध नेपालले जितका लागि खेल्ने


  • धनकुटा खबर
  • .

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले आफूहरुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्न चाहेको बताएका छन् ।

विश्वकप छनोटको समूह चरणमा आफ्नो दोस्रो खेल नेपालले भोलि मंगलबार काठमाडौंको दशरथ रंगशालामा खेल्दै छ ।

समूह चरणमा यूएईसँगको खेल ४-० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । यस्तै पहिलो खेलमा बहराइनसँग २-० ले पराजित भएको यमन पनि अंक विहीन छ ।

‘हामी यो खेल जित्न चाहन्छौं, समर्थकलाई आशा दिलाउनका लागि पनि जित्न चाहन्छौं,’ एनेसले भने, ‘हामी अंक जोड्न चाहन्छौं ।’

आगामी चरणमा जानका लागि पनि याे खेल महत्वपूर्ण रहेकाले जित्नुपर्ने कप्तान लिम्बुले बताए ।

यमनसँगको खेलमा नेपालका लकेन लिम्बु खेल्ने छैनन् । उनको खुट्टा भाँचिएकाले खेल्न नसक्ने एनेसले जानकारी दिए ।

चोटका कारण यूएईसँगको खेल नखेलेका अनन्त तामाङले यमनसँगको खेल खेल्ने नखेल्ने अझै टुंगो छैन । उनका बारेमा मेडिकल टिमसँग सल्लाह गरेर निर्णय गर्ने प्रशिक्षक एनेसले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖